२६ वर्षपछि फरार अभियुक्त डब्बल पक्राउ

23

दाङ, चैत २८-

दाङ प्रहरीेले २६ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।  डाँकाचोरी मुद्दामा फरार रहेका ५२ वर्षीय डब्बल नेपालीलाई जिल्ला प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको हो । फुलबारी गाविस-४ निवासी  डब्बल नेपालीलाई प्रहरीले निजनिवासबाट पक्राउ गरेको हो ।  आफ्नै घरमा लुकिछिपी बसिरहेको माैका छोपी प्रहरी चैत २७ गते आइतबार प्रकाउ गरेकोे जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरज प्रताप सिहंले जानकारी दिए ।

डब्बल नेपाली उपर जोधु चौधरीको जाहेरीमा दाङ देउख’री जिल्ला अदालतले २०४७ साल वैशाख २७ गते गरेको फैसलाले ४५ दिन कैद र ४४ हजार १ सय ४५ रुपैयाँ जरिवाना तोकेको थियो ।

Womui
Womui