९६ हजार ६ सय डलरसहित नेवानिका पाइलट पक्राउ

64

काठमाडौं, चैत २८-

aeroplaneनेपालको एकमात्र ध्वजावाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् । नेवानिका वरिष्ठ पाइलट सुर्वण अवाले गएराति आर २२९ नम्बरको जहाजबाट काठमाडौंदेखि युएइ जान लागेको  बेला पक्राउ परेका हुन् । विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दका अनुसार उनले बोकेको लगेज चेक गर्ने क्रममा सो रकम फेला परेको हो । उनी पक्राउ परेपछि उनको सट्टामा नेवानिका क्याप्टेन महेशमान डंगोललाई युएइ पठाइएको छ। अवाले एयरबसका  प्रशिक्षक पाइलट हुन् । उनी पक्राउ परेसँगै  अब २ वटा एयरबस उडाउनका लागि ६ जना मात्र क्याप्टेन रहेका छन्।

Womui
Womui