डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ

29

नेपालगन्ज, चैत १८–

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै नाराजुलुससहित अस्पताल पुगेका मृतकका परिवारले अस्पताल घेराउ गरेका छन् ।
मृर्गौला सम्बन्धी स्वास्थ्य परीक्षण गराउन सिद्धार्थ अस्पताल नेपालगन्जमा पुगेकी जाजरकोट भेरीमालिका–४ की हरिकला बुढाको मृत्यु भएपछि अस्पताल बन्द गराउनु पर्ने माग राख्दै नाराजुलुससहित शुक्रबार अस्पताल पुगेका मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

नाराजुलुससहित अस्पताल घेराउ गर्दै मृतकका आफन्त
नाराजुलुससहित अस्पताल घेराउ गर्दै मृतकका आफन्त

यसरी भएको थियो मृत्यु
स्वास्थ्यमा गडबडी देखिएपछि केही दिनअघि सिद्धार्थ अस्पताल पुगेकी हरिकला बुढाको मिर्गाैला सम्बन्धी आइभियु जाँच गर्दा औषधीको डोज दिइएको थियो । मृतकका आफन्तका अनुसार औषधीको डोज दिन उनलाई सुई लगाइएको थियो । सुई लगाएको धेरै समयसम्म उनको होस नआएपछि मृतक बुढाको आफन्तले बिरोध गरेपछि उनलाई शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको थियो । सोही क्रममा मृतक बुढाको होस नै नखुली दुई दिनअघि मृत्यु भएको थियो ।

त्यस्तै अस्पतालका प्रबन्ध सञ्चालक धनिराम ओलीका अनुसार हजार बिरामीमध्ये एकाध व्यक्तिमा औषधिको नकारात्मक असर पर्ने भएकाले हरिकला बुढाको मृत्यु हुनुमा अस्पतालको कुनै दोष नभएको बताए । ओलीले पीडित पक्ष कानुनी प्रक्रियामा जानुको साटो अस्पताल र चिकित्सकमाथि एकोहोरो दोष लगाउनु जायज नभएको बताए ।

Womui
Womui