म्यादी प्रहरीमा छनोट हुन आएका युवाको मृत्यु

61

नेपालगन्ज, चैत १९-

म्यादी प्रहरीमा भर्ना हुन आएका एक युवाको मृत्यु भएको छ ।  बाँके बैजापुर निवासी २९ वर्षीय टोलबहादुर थारुको भेरी अञ्चल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।  म्यादी प्रहरी छनोटका लागि दौड पूरा गरेर बसेको थारुलाई चक्कर लाग्न थालेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सरोज पौडेलका अनुसार थारुको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

Womui
Womui