मधेसी जनताको भावना सम्बोधन हुन्छः देउवा

115

बिराटनगर, चैत १८-

sher-bdr-deuba-chhhinमधेसी जनताको भावना संविधान संशोधन प्रस्तावले सम्बोधन हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । कांग्रेस मोरङमा आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् । विभिन्न शक्ति मधेस, पहाड र हिमालबीच अविश्वास र विखण्डनको स्थित सिर्जना गर्नेतर्फ अग्रसर रहेको बताउँदै सभापति देउवाले मधेस, पहाड र हिमालमा रहने जनतालाई होसियार हुन सुझाएका थिए । उनले  विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता प्रकट गर्दै तोकिएको समयमै स्थानीय निकायको निर्वाचनका लागि एकजुट हुन कार्यकर्ताहरूलाई आह्वानसमेत गरे।

Womui
Womui