स्थानीय चुनाव गराउने अधिकार काठमाडौंलाई छैनः उपेन्द्र यादव

110

सप्तरी, चैत १४-

Upendra-yadavस‌विधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन नहुने संघीय समाजवादी फोरम नेपालले बताएकाे छ । दुई साता अगाडि नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताले ज्यान गुमाएका थिए । उक्त घटनामा ज्यान गुमाएका मोर्चाका कार्यकर्ताको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय चुनाव गराउने अधिकार काठमाडौंलाई नरहेको बताउँदै संविधान संशोधन नभए निर्वाचन नहुने बताएका हुन् ।  मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै उनले भने – “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।” तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताए । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भइआएको बताए ।

Womui
Womui