रंगशालामा क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड

53

नेपालगन्ज, फागुन ४-
नेपालगन्ज रंगशालामा बुधबारबाट क्षेत्र नम्वर ३ स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति क्षेत्र नम्वर ३ को आयोजनामा सुरु भएको हो । एक समारोहका बीच समारोहकी प्रमुख अतिथी सांसद साबिया अन्सारीले द्धीप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरे । प्रमुख अतिथी अन्सारीले खेलकुदका माध्यमबाट असल नागरिक उत्पादन गर्न सकिने बताईन् । बिद्यार्थीदेखि लिएर सबैलाई अनुशासनमा राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ ।

प्रतियोगितामा सहभागी बिद्यालयका खेलाडी मार्चपास गर्दै ।
प्रतियोगितामा सहभागी बिद्यालयका खेलाडी मार्चपास गर्दै ।

उद्घाटन समारोहमा विशिष्ट अतिथी एवम् मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले रनिङ शिल्ड खेलकुद प्रतियोगिताबाट सुरुवात भएको खेलकुद अभियानले आगामी २०७५ सालमा नेपालगन्जमा सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने बताए । जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बिद्यालय स्तरमा सञ्चालन हुने रनिङ शिल्ड खेलकुद प्रतियोगिता खेलाडी उत्पादन गर्ने प्रमुख थलो भएको बताए । यही फागुन ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कपर्दी लगायत खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा क्षेत्र नम्वर ३ का २८ बिद्यालयको सहभागिता रहेको छ । उद्घाटन समारोह आतंक बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

Womui
Womui