प्रेस युनियनका उम्मेदवार सार्वजनिक

41

नेपालगन्ज, फागुन ८-
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागी नेपाल प्रेस युनियन बाँके सम्वद्ध ‘व्यवसायिक पत्रकारको लोकतान्त्रिक प्यानल’ ले आफ्नो उम्मेदवार सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियनको नेपालगन्जमा आइतबार सम्पन्न बृहत भेलाले महासंघको कार्यसमिति पदाधिकारीका उम्मेदवार सार्वजनिक गरेको हो । लोकतान्त्रिक प्यानलले यसअघि नै पत्रकार नरेन्द्र थापालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाएको थियो । महासंघको निर्वाचन यही फागुन १२ गते नेपालगन्जमा हुदैछ ।

press-union-ummedawar

बृहत भेलामा महासंघको उपाध्यक्ष पदमा जयसिंह केसी, उपाध्यक्ष(महिला)मा करुणा शाह, सचिव अमृता केसी, सह–सचिव निर्मल आचार्य, सह–सचिव(समावेशी) भिष्म लोध र कोषाध्यक्षमा प्रियास्मृती ढकाललाई सार्वजनिक गरियो । यसैगरी सदस्यहरुमा सावित्री गिरी(महिला), समिरमान श्रेष्ठ(जनजाती), प्रेम बिश्वकर्मा(दलित), विनयराज त्रिपाठी, टेकेन्द्र बस्याल, सुनिल रेग्मी, खगेन्द्र दाहाल, कमला हमाल, मधु पौडेल, विजय मल्ल, नन्दलाल साहु, सतिश शर्मा र रविया साई (रुबी) को नाम घोषणा गरिएको छ ।

युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्त, युनियनका केन्द्रिय उप–महासचिव प्रेम केसी, सचिव दिपा आलेमगर, केन्द्रिय सदस्य जयसिंह केसी, अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष आशिष गुप्ता, स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष नमस्कार शाह, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षद्धय निरज गौतम र शुक्रऋषि चौलागाई, अग्रज पत्रकार विजय बर्मा, दामोदर भण्डारी, तुला अधिकारी, कृष्ण खनाल, रहिस अहमद सिद्धिकी, सुर्यलाल यादव लगायत एक सय भन्दा बढी क्रियाशिल पत्रकारको उपस्थिती रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै युनियनका केन्द्रिय उप–महासचिव केसी र युनियन बाँके शाखा अध्यक्ष शाहले पत्रकार महासंघको आसन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलको विजयी सुनिश्चित भएको बताए । लोकतान्त्रिक प्यानलले व्यवसायिक र क्रियाशिल पत्रकारलाई मैदानमा उतारेको बताउँदै पत्रकार महासंघको गरिमा जोगाउन यूनियनको प्यानललाई विजयी गराउन सबैलाई आग्रह गरे । व्यवसायिक पत्रकारको लोकतान्त्रिक प्यानललाई स्वतन्त्र पत्रकार संघ, प्रेस मञ्च नेपाल र मिडिया नेपालले समर्थन गरिसकेका छन् ।

 

Womui
Womui