स्थानीय निकाय कर्मचारी आन्दोलित

135

नेपालगन्ज, फागुन ४-
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीलाई सास्ती भएको छ । विभिन्न माग राख्दै बाँके लगायत देशभरका स्थानीय निकायमा कार्यरत कर्मचारी यतिबेला आन्दोलनमा छन् । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्ने लगायत माग राखेर आन्दोलन गरिरहेका कर्मचारीले आइतबारदेखि काम बन्द गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला विकास समिति, कोहलपुर नगरपालिका र गाविस कार्यालयमा कर्मचारीले कामकाज रोकेर आन्दोलन बढाएका छन् ।

karmachari

सेवा लिन कार्यालय पुग्ने गरेका सेवाग्राही कर्मचारीको आन्दोलनका कारण निराश भएर फर्किरहेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसियशन नेपालगन्ज उपमहानगरपालिका, नेपाल नगरपालिका एशोसियशन, गाविस कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी संघ जिविस ईकाई समिति बाँके र स्थानीय निकाय कर्मचारी संघ जिल्ला कार्यसमिति बाँकेको संयुक्त अगुवाईमा विभीन्न माग राखेर आन्दोलन चकाईएको हो ।

आन्दोलनकारीले तीन दिनदेखि स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत, जिल्ला इन्जिनियर लगायतलाई कार्यालय प्रवेश हुन दिएका छैनन् । माग सहितको कालो व्यानर मूल गेटमा टाँगेर कर्मचारीले नाँचगान गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । आफ्ना मागहरु पुरा नहुँदा सम्म आन्दोलन जारी रहने नेपाल नगरपालिका कर्मचारी एशोसियशन नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक अध्यक्ष अच्युतराज आचार्यले बताए ।

Womui
Womui