‘भेरी अञ्चलको शान्ति सुरक्षामा सुधार’ : एसएसपी  बस्न्यात

31

नेपालगन्ज, माघ २०-

भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख (एसएसपी) धिरु बस्न्यातले यसक्षेत्रको शान्ति सुरक्षामा धेरै सुधार आएको दाबी गरेका छन् । शान्ति सुरक्षामा पुर्ण रुपमा सुधारमा आउन अझै केही समय लाग्ने उनको भनाई छ । पहिलेको तुलनामा भने धेरै सुधार भएको बताए । अन्तराल नेपालगन्जले बिहीबार आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नागरिक स्तरबाट भएको सहयोगले नै प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सहज भएको बताए । ‘भेरी अञ्चल क्षेत्रको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ, अझै नागरिक र प्रहरीबीच सहकार्य हुन आवश्यक छ,’ उनले भने ।

एसएसपी धिरु बस्न्यातलाई सम्मान पत्र हस्तान्तरण गर्दै अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह ।
एसएसपी धिरु बस्न्यातलाई सम्मान पत्र हस्तान्तरण गर्दै अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह ।

शान्ति सुरक्षा कायम गर्नमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै यसअघि प्रहरी प्रधान कार्यालयले भेरी अञ्चल प्रहरी कार्यालय नेपालगन्जलाई मुलुककै उत्कृष्ठ घोषणा गरि प्रमुख बस्न्यातलाई सम्मान गरेको थियो । सो अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले शान्ति सुरक्षा कायम गर्नमा महत्वपुर्ण भूमिका खेलेको भन्दै एसएसपी बस्न्यातलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । एसएसपी बस्न्यातले सोही क्रममा अन्तरालले स्थापना गरेको फोटो बैंकको अवलोकन पनि गरेका थिए । मोफसलमा अन्तरालले इभेन्ट म्यानेजमेन्ट लगायत विभिन्न गतिविधी गरेकोमा उनले प्रशंसा गरे । भेरी अञ्चल प्रहरी कार्यालयमा १९ महिने आफ्नो कार्यकाल पुरा गरेका एसएसपी बस्न्यात हालै लागु औषध नियन्त्रण ब्यूरो काठमाडौंको प्रमुखका रुपमा सरुवा भएका थिए । उनलाई यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले पनि एक समारोहका बीच बिदाई गरेको थियो ।

Womui
Womui