महोत्सवमा अर्जुन र रेश्माको बेजोड प्रस्तुती

150

नेपालगन्ज, माघ २०-
खजुरामा सञ्चालित महोत्वसमा चर्चित गायक अर्जुन कौशलले दर्सकलाई छमछमी नचाएका छन् । उनले ‘बठनिया हो, बठनिया हो….’ बोलको गीत गाएपछि दर्शकहरु उत्साहि हुदै नाचेका थिए । गायक अर्जुनले चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरु उत्तेजित भए । उनले ‘यानी माया हो, लगायत थुप्रै गीत पस्केका थिए । त्यसपछि गायिका रेश्मा पुनको प्रस्तुतीले झन् महोत्सवमा रौनकता थपियो ।

महोत्सवमा गीत गाउँदै गायिका रेश्मा पुन ।
महोत्सवमा गीत गाउँदै गायिका रेश्मा पुन ।

हास्य कलाकार गुलेली कान्छाको प्रस्तुतीले पनि दर्शक पेट मिचि मिची हासे । महोत्सवमा चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे) र जानकी तारा मगरको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Womui
Womui