विद्वानले नै देशलाई नोक्सान पुर्याए : ओली

114

काठमाडौं, माघ १९-
एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखमार्फत विद्वानहरुले देशलाई नोक्सान पुरयाइरहेको अभिव्यक्ति दिएका छन् । राष्ट्र उँभो लाग्न नसक्नुमा नेपालको विद्वत वर्ग पनि जिम्मेवार रहेको चर्चा चलिरहेका बेला ओलीले यस्तो बताएका हुन् ।

kp-oli-npj

‘कखग, एबीसिडी पढेर दुआना–चारआनामा लेख लेखेर देशलाई नोक्सान पारिरहेका छन,’ एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले भने, ‘मुसाले कपडा खान काट्ने होइन दाँतमा धार लगाउन काट्ने हो, उहाँहरुले देशलाई नोक्सान नपर्ने गरी धार लगाए हुन्थ्यो ।’ खोक्रो राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवादबारे पनि उनले आफ्नो मन्तव्य दिए । ‘खोक्रो राष्ट्रवाद भन्यो, आण्डम्बरी भन्यो, महेन्द्रीय राष्ट्रवाद भन्यो । महेन्द्रीय भनेपछि राजा मात्रै पो देशभक्ति हुने रहेछ जनता त हुने रहेनछ भन्ने भ्रमपूर्ण विशाक्त प्रचार भइरहेको छ,’ उनले भने ।

Womui
Womui