मट्टितेल छर्केर जलाइएकी अनिसाको मृत्यु

53

नेपालगन्ज, माघ १९-
मट्टितेल छर्केर आफ्नै पतिद्धारा जलाइएकी अनिशा खटिकको १३ दिनपछि मृत्यु भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राती उनको मृत्यु भएको हो । नेपालगन्ज–१२ निवासी २३ बर्षिया अनिसालाई २६ बर्षिय राजेन्द्रले माघ ६ गते बेलुका ९ बजेतिर शरिरमा मट्टितेल छर्केर आगो झोसेका थिए । पत्नीलाई जिउँदै जलाएर फरार भएका अभियुक्त राजेन्द्रलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । आगजनीबाट उनको करिव ५० प्रतिशत शरिर जलेको थियो ।

anisha-khatik

घटना लगत्तै स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले भेरी अञ्चल अस्पतालमा पु¥याएको थियो । तर, त्यहाँ उपचार गर्न असम्भव भएपछि अनिसालाई थप उपचारका लागी काठमाडौं लगिएको थियो । मंगलबार राती करिव ११ बजेतिर घाईते अनिसाको मृत्यु भएको हो । मृतकको शव बुधबार राती सम्म काठमाडौंमै छ । काठमाडौं मै शवको पोष्टमार्टम गरेर अन्त्येष्टीका लागी बिहीबार नेपालगन्ज ल्याउने तयारी छ । घाईते अनिसाको मृत्यु भइसकेपछि पक्राउ परेका राजेन्द्रलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताए ।

Womui
Womui