निर्वाचनबारे दलीय परामर्शमा जुटे प्रधानमन्त्री

34

काठमाडौं, माघ १६-
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्ने भएका छन् । प्रधानमन्त्रीले सोमबार बिहान सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाएका हुन् ।

Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmandu

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए ।

Womui
Womui