रंगशालामा फाइभ ए साइड फुटबलको रौनक

100

नेपालगन्ज, माघ १६-
शहिद दिवसको अवसरमा नेपालगन्ज रंगशालामा सञ्चालित अन्तराल कप अन्तर बैंक फाइभ ए साइड फुडबल प्रतियोगितामा आइतबार विभिन्न खेल भएका छन् । आयोजक अन्तरालका अनुसार पहिलो खेलमा नबिल बैंकलाई १ शुन्यले पराजित गर्दै कुमारी बैंक विजयी भयो । खेलमा कुमारीका बालकृष्ण चौधरीले गोल गरेका थिए । यस्तै दोस्रो खेलमा नेपाल बंगलादेश बैंकलाई ६ शुन्य गोलले पराजित गरेर सिद्धार्थ बैंक विजयी भयो । सिद्धार्थका सन्तोष लम्सालले ३, प्रकाश अधिकारीले २ र सुशील साउदले १ गोल गरेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंक र एनआईसी एशिया बैंकबीच प्रतिस्पर्धा हुदै ।
सांग्रिला डेभलपमेन्ट बैंक र एनआईसी एशिया बैंकबीच प्रतिस्पर्धा हुदै ।

तेस्रो खेलमा एनआईसी एशिया बैंकलाई १ शुन्य गोलले पराजित गर्दै सांग्रिला डेभलपमेन्ट बैंक विजयी भयो । खेलमा सांग्रिलाका कैलाश खड्काले गोल गरे । चौथो खेलमा नेपाल राष्ट्र बैंकलाई १ शुन्य गोलले पराजित गरेर नेपाल बैंक लिमिटेड विजयी भयो । नेपाल बैंक लिमिटेडका निरञ्जन गिरीले गोल गरेका थिए । अन्तिम खेलमा सानीमा बैंकले वाकआभर दिएपछि नबिल बैंक स्वतः विजयी भएको थियो । शनिबारबाट सञ्चालित प्रतियोगितामा बाँकेमा रहेका ९ वटा बैंक सहभागी छन् । प्रतियोगिताका खेल लिगकम नकआउटका आधारमा खेलाइएको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ २२ गते सम्म सञ्चालन हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

Womui
Womui