खजुरामा कमल र रेश्माको धमाका !

45

खगेन्द्र दाहाल
नेपालगन्ज, माघ १६-
बाँकेको खजुरामा सञ्चालित मुसवेटवा बाबा महोत्सवमा पप गायक कमल खत्री र आधुनिक गायिका रेश्मा केसीले धमाका मच्चाएका छन् । युवा पिढींका बीच लोकप्रिय रहेका कमलले आधा दर्जन बढी गीत गाएर माहोल तताए । कमलले आखाँमा आखाँमा, भ्यालैमा, आत्मामा, झुम–झुम लगायतका गीत गाएर उपस्थित दर्शकलाई नचाए । गायिका रेश्माले पनि करिव आधा दर्जन गीत गाईन् । कालो टोपी र कालो कोट लगाएकी गायिका रेश्माले युवा पिढींलाई छमछमी नचाईन् ।

reshma

दिनभरी घाम नलागेर मौसम चिसो भएपनि दुबै कलाकारको प्रस्तुतीले माहोल तात्तेको थियो । प्रत्यक्ष दोहोरीबाट सुरु भएको महोत्सवमा स्थानीय तथा केन्द्रिय कलाकारले बेजोट प्रस्तुती रहेको थियो । महोत्सवमा कृषि उपजको अवलोकन, साँस्कृतिक कार्यक्रमद्धारा मनोरन्जन र बोटिङ पनि व्यवस्था गरिएको छ । हाम्रो खजुरा, हाम्रो सान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ यही माघ १० गतेबाट खजुरामा महोत्सव सञ्चालनमा आएको हो ।

Womui
Womui