राजु र नविनले दर्शकको तिर्खा मेटाए

130

खगेन्द्र दाहाल
बाँके(खजुरा), माघ १५-
सुर्य अस्ताइसक्दा पनि उद्घोषकले राजु परियारको नाम लिदा सम्मपनि दर्शकको संख्यामा कुनै कमी आएन् । पहिलो पटक बाँकेको खजुरामा महोत्सवले जुराएको दर्शक सँगको भेटघाटलाई लोक तथा दोहोरी क्षेत्रका पुराना गायक राजु परियारले गीत संगीतका माध्यमबाट सञ्चो विसञ्चो र मायाप्रेम साटासाट गरे । दर्शकले भरिभराउ भएको महोत्सव स्थलमा शनिबार आफ्नो प्रस्तुती दिएका परियारले सुरुमा नयाँ बन्ने सविधानले दलित शब्द नै हटाइसकेको छ, भन्दै ‘रुमाल धोको छु…..’ बोलको गित गाए ।

mahodsab-khajura

उनले निकै पुराना गीत ‘पुलमा मौरी डुल्ने बेलामा, गंगा जिको पानी, सोर वर्ष उमेरैमा…..’ गीत गाएर उपस्थित दर्शकलाई प्रत्यक्ष दोहोरीबाट मनोरञ्जन प्रदान गरे । परियारको प्रस्तुतीलाई अन्तिम समयसम्म पर्खेर बसेका दर्शकहरु लोक दोहोरी गीतमा छमछमी नाँचे । यस्तै लोक दोहोरी गाएक नविन पौडेलले यस्तै ‘हुन्छ भन्या भा, आजै भेट भाको हरेक जात जाती, लगायतका गीत गाएर दर्शक नचाए । शनिबार नै लोक गायिका खड्क कुमारी पुन, लोक गायक अमित परियार, रुविना अधिकारी, श्रृष्टी शाही लागायत कलाकारले प्रस्तुती देखाएका थिए ।

mahodsab

Womui
Womui