विभिन्न कार्यक्रम गरी नर्सिङ दिवस मनाईयो

139

नेपालगन्ज, माघ १५-
विभिन्न कार्यक्रम गरी ५५ औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाल नर्सिङ संघ बाँकेले विभिन्न कार्यक्रम गरेको हो । गुणस्तरिय नर्सिङ सेवा आजको समुदायको आवश्यकता भन्ने मुल नाराका साथ संघको आयोजनामा शनिबार परिवार नियोजन परामर्श प्रर्दशनी कार्यक्रम गरियो ।

नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी अतिथी ।
नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी अतिथी ।

संघका अध्यक्ष लक्ष्मी केसी ओलीको सभापतित्व एवम् प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बीरबहादुर चन्द, प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सरोज शाह, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षद्धय निरज गौतम र शुक्रऋषि चौलागाई, त्रिवि नर्सिङ क्याम्पस नेपालगन्जका शिला शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बोल्ने बक्ताहरुले बिरामीको उपचार तथा सेवा गर्नमा नर्सिङ स्टाफको योगदान धेरै रहेको बताए । यसैबीच दिवसको उपलक्ष्यमा शनिबार नै रक्तदान गरिएको छ । नेपाल नर्सिङ संघ बाँकेको आयोजनामा गरिएको कार्यक्रममा संघका कार्यसमिति सदस्य विष्णु श्रेष्ठ, भेरी अञ्चल अस्पतालका नर्सिङ स्टाफ सिता पराजुली, त्रिवि नर्सिङ क्याम्पसका शिक्षक शिला शर्मा लगायत ४० जनाले रक्तदान गरेका थिए ।

Womui
Womui