‘बैशाखभित्र स्थानीय तहको चुनाव’ : देउवा

209

नेपालगन्ज, माघ १५-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र गुट–उपगुट नरहेको जिकिर गरेका छन् । निर्वाचन अवधिभर मात्र केही समय सम्म गुटगत राजनीति चल्ने र निर्वाचन सकिएपछि त्यसको अन्त्य भइसक्ने बताए ।

ser-bahadur-deuba

सांसद बादशा कुर्मीले आयोजना गरेको चियापान कार्यक्रममा शनिबार पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस पार्टीभित्र अहिले गुटगत राजनीति अन्त्य भइसकेको बताए । आगामी बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने कुरा निश्चित भइसकेको जिकिर गर्दै पुर्वप्रधानमन्त्री देउवाले भने ‘बैशाख महिनामा कुनैपनि हालतमा निर्वाचन हुन्छ, तपाईहरु विश्वस्त हुनुस् ।’ मुलुक निर्वाचनमा होमिसकेको हुँदा सबै दल चुनावको तयारीमा जुट्नुपर्ने उनको भनाई छ । संविधान कार्यान्वयन गर्नका लागी भएपनि निर्वाचन गराउन आवश्यक रहेको सभापति देउवाले बताए । निर्वाचन सम्बन्धी कानुन निर्माण र निर्वाचनको मिति घोषणा अबको केहीदिनभित्रै हुने सभापति उनले जिकिर गरे ।

Womui
Womui