अन्तराल कप अन्तर बैंक फाइभ ए साइड फुटबल सुरु

129

लक्ष्मी चौधरी
नेपालगन्ज, फागुन १५-
नेपालगन्जमा शनिबारबाट अन्तराल कप अन्तर बैंक फाइभ ए साइड फुटबल सुरु भएको छ । सहिद दिवसको अवसर पारेर अन्तरालको आयोजना र व्यवस्थापनमा प्रतियोगिताको छैठौं संस्करण सुरु गरिएको हो । उक्त प्रतियोगिताको सांसद आशा बिकले रेफ्री रविन्द्र श्रेष्ठलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिन् ।

प्रतियोगिता उदघाटन गर्दै सांसद आशा बिक ।
प्रतियोगिता उदघाटन गर्दै सांसद आशा बिक ।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार प्रतियोगिता हरेक वर्ष सहिद दिवसको अवसरमा आयोजना गरिदै आएको छ । प्रतियोगिताको पहिलो दिन विभिन्न ५ वटा खेल सम्पन्न भएका छन् । आयोजकका अनुसार उद्घाटन खेलमा नबिल बैंक, सिद्धार्थ बैंक, राष्ट्र बैंक, कुमारी बैंक र एनआईसी एशिया विजयी भएका हुन् । पहिलो खेल सांग्रीला डेभलपमेन्ट बैंकलाई १–० गोल अन्तरले पराजित गर्दै नबिल बैंक विजयी भयो । खेलमा नबिल बैंकका खेलाडी विक्रम रानाले १ गोल गरेका थिए । यसैगरी दोस्रो खेलमा नेपाल बैंक लिमिटेड लाई १–२ गोलले पराजित गरेर सिद्धार्थ बैंकले विजयी सुरुवात गर्यो । सिद्धार्थका पुर्णबहादुर खनाल र प्रकाश अधिकारीले एक/एक गोल गरेका थिए, भने नेपाल बैंक लिमिटेडका दुर्गाप्रसाद घिमिरेले एक गोल गरेपनि जितका लागी निर्णायक भएन् ।

five-a-side-photos

तेस्रो खेलमा नेपाल बंगलादेश बैंलाई ३–४ गोलले पराजित गर्दै नेपाल राष्ट्र बैंक नेपालगन्ज विजयी भयो । जसमा राष्ट्र बैंकका होमबहादुर काउचाले ३ गोल र योगेश नकर्मीले १ गोल गरेर टिमलाई जित दिलाएका थिए । बंगलादेश बैंकका सुरन श्रेष्ठले २ र मिगलसिंह ठकुरीले १ गोल गरे । त्यस्तै चौथो खेलमासांग्रिला डेभलमेन्ट बैंकलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै कुमारी बैंक विजयी भयो । कुमारी बैंकका ताराबहादुर थापाले गरेको गोल गरेका थिए । अन्तिम खेलमा एनआईसि एशिया बैंक वाकओभरका आधारमा विजयी भयो । खेलमा सानिमा बैंकले वाकओभर दिएको थियो ।

Womui
Womui