पुर्वप्रधानमन्त्री देउवालाई सामाजिक परिचालकको ज्ञापन पत्र

119

दाङ, माघ १३-
सामजिक परिचालक हकहित संरक्षण केन्द्र नेपालले पुर्वप्रधानमन्त्री एवम् नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई बिहीबार ज्ञापन पत्र बुझाएको छ । सामजिक परिचालक हक हित संरक्षण केन्द्र नेपालका महासचिव देविराम कुसारीले तुलसीपुर सात बुद्धे माग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउँदै सामजिक परिचालक हक हित संरक्षण केन्द्र नेपालका महासचिव देविराम कुसारी ।
ज्ञापन पत्र बुझाउँदै सामजिक परिचालक हक हित संरक्षण केन्द्र नेपालका महासचिव देविराम कुसारी ।

ज्ञापन पत्रमा राष्ट्रिय लगानीमा प्रशिक्षित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगतका सामाजिक परिचालकका मागलाई राष्ट्रिय रुपमा सम्वोधन गरिनुपर्ने आवश्यकता परेको उल्लेख छ । सामाजिक परिचालकलाई स्थानीय निकायमा एकपटक उमेरको हद नलाग्ने गरि दरबन्दी कायम गरि स्थायी गरिनुपर्ने माग राखिएको छ । ज्ञापन पत्रमा सामाजिक परिचालकको योग्यता तह अनुसार पारिश्रमिक, संचय कोष, बीमा, उपचार लगायतका सुविधाको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।

Womui
Womui