मुसवेटवा बाबा महोत्सवमा बेजोड प्रस्तुती

151

नेपालगन्ज, माघ १३-
बाँकेको खजुरामा सञ्चालित धार्मिक सदभाव झल्काउने मुसवेटवा बाबा महोत्सवमा आजपनि रौनकता छाएको छ । महोत्सवमा आज लोक दोहोरी गायिका ज्योती मगर, हास्य कलाकार कमल गाउँले, मोडल श्रृष्टी शाही लगायतको प्रस्तुती रहने कार्यक्रम छ । महोत्सवमा कृषि उपजहरुको अवलोकन, साँस्कृतिक कार्यक्रमद्धारा मनोरञ्जन र रयाप्टीङको पनि व्यवस्था गरिएको छ । महोत्सवको आर्कषक दोहोरी गीतमा प्रत्येक दिन घम्सा–घम्सी चल्ने गरेको प्रचार प्रसार सम्योजक तिलक गाउँलेले जानकारी दिए ।

महोत्सवमा प्रस्तुती देखाउँदै मनोज गजुरेल ।
महोत्सवमा प्रस्तुती देखाउँदै मनोज गजुरेल ।

पहिलो चरणको आइडियल डान्स प्रस्तुतीमा बुधबार १९ जनाले आफ्नो सहभागिता जनाएकोमा १२ जना दोस्रो राउण्डको लागी छनोट भएका छन् । आज चरणको अन्तिम ६ जनाको प्रस्तुति रहने आयोजकले जनाएको छ । दुई विघा क्षेत्रफलमा रहेको तलाउमा सञ्चालित बोटिङ र कृषि प्रर्दशनी पनि मेलाको आकर्षक बनेको आयोजक आधुनिक युवा सञ्जालका अध्यक्ष तिलकबीर सुनारले जानकारी दिए । महोत्सवमा बाल उद्यान, एकल नृत्य प्रतियोगिता, लोक दोहोरी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति, महोत्सवको मुख्य आर्कषण रहेको आयोजकको भनाई छ । महोत्सवमा नेवारी तथा थारु परिकारले पनि दर्शकलाई लोभ्याउने गरेको छ । महोत्सव यही माघ २१ गतेसम्म चल्ने बताइएको छ ।

Womui
Womui