निर्वाचनमा तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन

38

पोखरा, माघ १३-
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको बिहीबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको कार्यान्वयनका लागि देशमा निकट अवस्थामा हुने तीन वटै तहको निर्वाचन गर्ने ठोकुवा पनि गरे ।

pm-dahal-apf

सशस्त्र प्रहरीले विगतभन्दा अझै प्रभावकारी रणनीतिक योजनाका साथ शान्ति, सुरक्षा र अमनचयन राख्न सफल बन्ने प्रधानममन्त्रीको विश्वास छ । सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने विश्वास गरे । यस्तै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको बताए ।

Womui
Womui