बाँकेमा सक्रिय हुदै वाईसिएल

51

नेपालगन्ज, माघ १२-
सत्तारुढ नेकपा माओबादी केन्द्र निकट वाईसिएल बाँकेले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ । नेपालगन्जमा केही दिनअघि सम्पन्न चौथो जिल्ला सम्मेलनले सुरज जागाको अध्यक्षतमा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको थियो । सम्मेलनले गरेका निर्णय सहित वाईसिएलले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो कार्ययोजना सार्वजनिक गरेको हो ।

नेपालगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलन ।
नेपालगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलन ।

कार्ययोजना अन्तर्गत नयाँ संविधान कार्यान्वयन गर्न दवाव अभियान सुरु गरिने, समाजमा मौलाउँदै गएको भ्रष्टाचार, तस्करी, कालोबजारी, विकृती विसंगति, गुण्डागर्दी विरुद्ध व्यापक युवा परिचालन गरिने, राष्ट्रिय युवा नीति २०६६ लाई कार्यान्वयन गर्न र बेरोजगार समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकायलाई दबाबका कार्यक्रम सञ्चालन गरिने रहेको छ । यस्तै आउदै गरेको स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचनमा माओबादी केन्द्रलाई विजयी गराउन व्यापक युवा परिचालन गरिने, उत्पादन जनश्रम एवम् जनसेवाका ठोस कार्यक्रम बनाई जनसम्बन्ध सुदृढ गरी वाईसिएललाई जनताको सेवकको रुपमा स्थापित गर्ने लगायत गतिविधी गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै वाईसिएलका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला ईन्चार्ज रतन शाहीले वाईसिएल पहिलेको भन्दा अहिले धेरै परिस्कृत भएर आएको दाबी गरे । संविधान निर्माण भएपनि कार्यान्वयन गराउन विभिन्न षडयन्त्र सुरु भएको भन्दै उनले त्यस्ता तत्वलाई वाईसिएलले अब खबरदारी गर्ने चेतावनी दिए । शान्ति प्रक्रियामा आइसकेपछि पनि अर्धशैन्य गतिविधी सञ्चालन गरेको आरोपमा चौतर्फी रुपमा दवाव बढेपछि २०६४ सालपछि अस्तित्व बिहिन बन्न बनेको थियो ।

Womui
Womui