एमाले सम्वद्ध स्थानीय निकायका पुर्वपदाधिकारी सम्मानित

44

नेपालगन्ज, माघ ११-
एमालेका तर्फबाट स्थानीय निकायमा निर्वाचित भएका पुर्व पदाधिकारीलाई मंगलबार सम्मान गरिएको छ । नेकपा एमाले जनकार्य विभागले २०४९ र २०५४ मा भएको स्थानीय निकाय निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित जिविस सदस्य, गाविस अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, नेपालगन्ज नगरपालिकाका उपमेयर, वडाध्यक्षलाई कदर पत्रसहित सम्मान गरिएको हो ।

एमाले जनकार्य विभागले गरेको सम्मान कार्यक्रम ।
एमाले जनकार्य विभागले गरेको सम्मान कार्यक्रम ।

१६ जना गाविस अध्यक्ष, २१ जना उपाध्यक्ष, जिविस सदस्य ३ जना, उपमेयर १ जना र वडाध्यक्ष १ सय १४ जनालाई सम्मान गरिएको हो । विभागका प्रमुख सूर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै पदम धितालले स्थानीय निकाय निर्वाचनको १८ वर्षपछि पार्टीले आफूलाई सम्झिएकोमा खुशी व्यक्त गरे ।

सो समारोहमा विकासमा पार्टी निर्माणको प्रश्न पुस्तिका कार्यक्रमका प्रमुख अतिथी एमाले बैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवले विमोचन गरे । उनले पार्टीको जनकार्य विभागले गरेको सम्मान कार्यको प्रशंसा गरे । कार्यक्रममा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, उपाध्यक्ष निरक गुरुंग, उपसचिव प्रमोद धिताल, जिल्ला कमिटी सदस्य डम्बर थापा लगायतले बोलेका थिए ।

Womui
Womui