रोजगारीको लागि भारत जान पनि अनुमति चाहिने

96

काठमाडौं, माघ ११-
रोजगारीका लागी भारत जानपनि अब सरकारबाट अनुमति लिनुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्ने क्रममा सरकारी अधिकारीले यस्तो जानकारी दिएका हुन् । सरकारले अब वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार गर्ने छ । सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको हो ।

pm-dahal-baidesik-rojgari

नयाँ व्यवस्था अन्तर्गत भारत जाने नागरिकहरुलाई समेत बैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह घातक रोग वापत ५ लाख, जीवन बीमा वापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजार सहित कुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्नेछ ।

घोषणा अनुसार कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता विभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुने नयाँ व्यवस्था गरिएको छ । यो व्यवस्था पछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट २० लाखसम्म बीमा रकम पाउन सक्नेछन् । यो व्यवस्था माघ १५ गतेबाट लागू हुने बताइएको छ ।

Womui
Womui