राहत र क्षतिपुर्ति नपाएको द्धन्द्ध पीडितको गुनासो

81

नेपालगन्ज, माघ ११-
द्धन्द्धकालका भएको क्षति वापतको राहत र क्षतिपुर्ति नपाएको एक व्यक्तिले गुनासो गरेका छन् । बाँके, रनियापुर गाविस–९ बस्ने तत्कालिन मटेहिया गाविसका सचिव मुस्ताक अहमद खाँलाई तत्कालिन द्धन्द्धकालमा विद्रोही पक्षले २०६० फागुन २० गते हत्या गरेको थियो । खाँको हत्या पश्चात घर लुटपाट गरी घर परिवारले पाउनुपर्ने राहत तथा क्षतिपुर्ति हाल सम्म पूर्ण रुपले नपाएको भन्दै प्रशासनसँग उचित पहल हुनुपर्ने परिवारको माग छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा यसअघि नै विभिन्न निवेदन दर्ता गरिसकेको र यस विषयमा किन, के कसो भएको हो ? भन्ने कारण सहित मृतकका छोरा हसन मोहम्मद खाँले सूचना माग गरेका छन् ।

Womui
Womui