मुसबेटवा बाबा महोत्सवमा रौनक

149

नेपालगन्ज, माघ ११-
बाँकेको खजुरामा सञ्चालित कृषि, पर्यटन प्रर्वद्धन, सांस्कृतिक एवम् ऐतिहासिक धार्मिक मुसबेटवा बाबा प्रथम ब्यापारिक खजुरा महोत्सवमा आजपनि रौनकता देखिएको छ । महोत्सवको सोमबार एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको थियो । यही माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, बाल उद्यान र बोटिङ्ग मुल्य आर्कषणका केन्द्र बनेका छन् ।

mahodsab-khajura-2

महोत्सव अवलोकन गर्न मध्यपश्चिमका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत दर्शक आएका छन् । महोत्सवमा १ सय ७० वटा स्टल राखिएको छ । झण्डै ६० लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको महोत्सवमा ७० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा आज राष्ट्रिय स्तरका चर्चित कलाकार शंकर बिसी, पार्वती राई र इन्दिरा जोशीको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

mela-khajura

botting

Womui
Womui