निगमले चिनियाँ जहाज ल्याउने तयारी

55

काठमाडौं, माघ ११-
नेपाल वायु सेवा निगमले चीनबाट जहाज ल्याउने तयारी गरेको छ । आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने निगमले जनाएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले बताएका छन् ।

Nepal-Airlines

शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ । यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौंमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएको महाप्रबन्धक कंशाकारले जानकारी दिए ।

Womui
Womui