राप्रपाको राष्ट्रिय अध्यक्षमा लोहनी

82

काठमाडौं, माघ ११-
राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षमा डा. प्रकाशचन्द्र लोहनी आएका छन् । पशुपतिशम्शेर जबराको समयावधि मंगलबारदेखि सकिएपछि उनी स्वतः नेतृत्वमा आएका हुन् । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ–छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ ।

dr-lohani

सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद मंगलबारदेखि लागू हुने गरी सकिएको हो । तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा लोहनीले गर्ने सहमति भएको लोहनीका प्रेस सहयोगी जनक पाठकले जानकारी दिए। दुवै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो ।

Womui
Womui