महाधिवेशन सम्पन्न गर्न कांग्रेसको साढे ४ करोड खर्च

44

काठमाडौं, पुस २८-
१३ औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले झन्डै साँढे चार करोड खर्च लागेको जनाएको छ । सर्वजनिक प्रतिवद्धता विपरीत महाधिवेशन सम्पन्न भएको दश महिना बित्दासमेत आम्दानी र खर्च सार्वजनिक नगरेको कांग्रेसले बिहीबार निर्वाचन आयोगमा आर्थिक प्रतिवेदन बुझाउँदै ४ करोड ३२ लाख ९ हजार ८ सय २ रुपैयाँ खर्च देखाएको हो ।

nepali-Congress

महाधिवेशनका लागि विभिन्न व्यक्ति, संघसंस्थाबाट ३ करोड २१ लाख ६० हजार ३ सय ७३ रुपैयाँ चन्दा संकलन नभएको उल्लेख गर्दै आर्थिक वर्ष २०७२/०७३ मा ५ करोड ८८ लाख ३९ हजार ८१ रुपैयाँ कमाएको जनाएको छ । चन्दालाई पारदर्शी बनाउने जनाउँदै महाधिवेशन अघि इबैंकको अवधारणा सार्वजनिक गरेको कांग्रेसले आयोगमा पनि त्यसको स्रोत खुलाएको छैन ।

पार्टी क्रियाशील सदस्यता वितरण र नवीकरणका साथै उम्मेदवारी मनोनयनसहितका शीर्षकबाट चालू वर्षमा दुई करोड ६६ लाख ७८ हजार ७ सय ८ रुपैयाँ आम्दानी देखाएको छ । उसले गतवर्ष आठ करोड ११ लाख ९२ हजार ६ सय ३९ आम्दानी देखाएको कांग्रेसले चालूवर्षमा आठ करोड ३७ लाख ३८ हजार ८ सय ९ रुपौयाँ खर्च भएको जनाएको छ । २ करोड ४८ लाख ९९ हजार ७ सय २७ रुपैयाँ बचत घाटासहितको आर्थिक प्रतिवेदन पार्टी सचिव प्रेम केसी र सहसचिव रविन ब्रर्जाचायले बिहीबार निर्वाचन आयोग पुगेर बुझाए ।

Womui
Womui