दुर्गमका विपन्नलाई प्रहरी श्रीमतीको न्यायो कपडा

113

नेपालगन्ज, पुस २८-
चिसोबाट प्रभावित भएका विपन्न समुदायलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी श्रीमती संघ सुर्खेतले बिहीबार बाँकेको बैजापुरमा न्यानो कपडा वितरण गरेको छ । बैजापुर र विनौना गाविसका विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको हो । दुबै गाविसका करिव ३ सय जनालाई न्यानो कपडा र १ सय २५ जनालाई कम्बल वितरण गरिएको हो । मध्यपश्चिम क्षेत्रीय प्रहरी श्रीमती संघका अध्यक्ष तारा नेपाल, मध्यपश्चिम प्रहरी प्रमुख(डिआईजी) माधव नेपाल लगायतले सामाग्री वितरण गरेका थिए ।

kambal-bitaran

सो अवसरमा बोल्दै मध्यपश्चिम प्रहरी प्रमुख नेपालले विपन्न परिवारलाई जाडोमा केही भएपनि राहात होस् भन्ने उद्वेश्यले न्यानो कपडा वितरण गरिएको बताए । आगामी दिनमा पनि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । जिल्ला प्रहरी कार्यालय बाँकेको संयोजनमा भएको उक्त कार्यक्रममा भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख (एसएसपी) धिरु बस्न्यात, बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राई, पत्रकार, प्रहरी, श्रीमती संघका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधी, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो । यस्तै बिहीबार नै बैजापरमा प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी अपस्ताल नेपालगन्जको आयोजना शिविर गरिएको हो । शिविरमा बैजापुर र बिनौना गाविसका ८४ जना सर्वसाधारणले आफ्नो स्वास्थ्य परिक्षण गरेको आयोजकले जनाएको छ । शिविरमा आएकालाई निःशुल्क औषधी समेत प्रदान गरियो । मध्यपश्चिम क्षेत्रीय प्रहरी अपस्तालका डा. रोशनकुमार निरालाले अधिकांस बिरामीमा उच्च रक्तचाप समस्या देखिएको बताए । अन्य ज्वरो, रुघाखोकी, पेट दुख्ने लगायतका बिरामी पनि देखिएको उनले जानकारी दिए ।

Womui
Womui