नेपाल–भारत सीमा ४८ घन्टा बन्द हुने

40

नेपालगन्ज, माघ ८-
छिमेकी मुलुक भारत उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सिमानाका ४८ घण्डा बन्द हुने भएको छ । यही माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागी नाका बन्द गरिने भएको हो । भारतको उत्तर प्रदेशमा विधायकको चुनाव हुन लागेकोले जनवरी २५ तारिख बिहान ७ बजेदेखि सिमा ४८ घण्टाका लागी बन्द गर्न लागिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

निर्वाचनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराईच जिल्लाको नानपारामा बसेको नेपाल–भारत सुरक्षाकर्मीको बैठकमा यस्तो निर्णय भएको बताइएको छ । सो अवधिमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स बाहेक अन्य सवारी साधन आवत जावतमा रोक लगाउने भारतीय सुरक्षाकर्मीले बताएका छन् ।

Womui
Womui