उपमहानगरपालिकाको एक अर्व ३१ करोड बजेट प्रस्ताव

100

नेपालगन्ज, पुस २८-

नेपालगन्ज उपमहानगरपालिकाले एक अर्व ३१ करोड ३४ लाख ८९ हजार ८ सय ५० रुपैयाँको आय प्रस्ताव प्रस्तुत गरेको छ । गतवर्ष उपमहानगरपालिकाले ७५ करोड ९४ लाख आठ हजार प्रस्ताव गरेको थियो । आगामी आर्थिक वर्ष २०७४/७५ का लागि उपमहानगरपालिकाले वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य स्रोतबाट कुल एक अर्व ३१ करोड ३४ लाख ८९ हजार बराबरको आय हुने अनुमान गरेको हो ।

nagar-parisad-photo-1

नेपालगन्जमा बिहीबार २५ औं नगर परिषदमा कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले आगामी वर्षमा राजस्व प्रशासनमा सुधार, बाँडफाँड र अन्य निकायसँगको सहकार्यमा आन्तरिक स्रोत वृद्धि गरी १८ करोड ८७ लाख २५ हजार रुपैयाँ पु¥याइने जानकारी दिदै चालू आर्थिक वर्षमा नेपाल सरकार तथा बाह्य स्रोतबाट प्राप्त हुने आय ७२ करोड ८४ लाख ७ हजार ७५ रुपैयाँ समेत कूल आय ८५ करोड ३२ हजार ७५ रुपैयाँ हुने अनुमान सार्वजनिक गरे । प्रस्तुत बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा आन्तरिक स्रोततर्फ १५ करोड ५६ लाख ५० हजार आय अनुमान गरिएकोमा मंसिर मसान्तसम्म ३ करोड ९४ लाख ५४ हजार ६ सय १६ राजस्व असुल गरिएको छ, भने चालू वर्षको शंशोधित अनुमान १२ करोड १६ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

nagarparisad

बागेश्वरी मन्दिरलाई धार्मिक, साँस्कृतिक पर्यटन गन्तव्य बनाइने, वाटरपार्कको मास्टर प्लान कार्य अगाडी बढाउन पहल गरिने, मनिकापुरस्थित सामुदायिक बन र खाली स्थानमा बोटानिकल गार्डेन सहितको इको टुरिजम पार्कको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने, बसुदेवपुरको उत्तरतर्फको खाली जमिनमा गल्फ कोर्ष वा खेलग्राम निर्माणको लागि सम्भाव्यता अध्ययन गरी प्रारम्भिक कार्य अगाडी बढाइने पनि प्रस्तुत कार्यक्रममा समावेश गरिएको छ । बाँके क्षेत्र नम्वर–२ का सांसद दिनेशचन्द्र यादवले उद्घाटन गरेको उक्त परिषदमा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, जिल्ला विकास समितिका पुर्वसभापति ओमजंग राणा, पुर्वमेयर एवम् राप्रपा नेपालका महामन्त्री डा. धवल शमशेर राणा, पुर्वमेयर विजय गुप्ता, रमेश अर्याल लगायतले बोलेका थिए ।

Womui
Womui