सरोकारवाला निकायबीच परिचयात्मक कार्यक्रम

33

नेपालगन्ज, पुस २७-
सेभ द चिल्ड्रेनका चार वटा साझेदार संस्थाले बाँके जिल्लामा सन् २०१७ सालमा गर्ने विभिन्न कार्यक्रमका बारेमा जिल्लाका सरोकारवाला निकायसँग परिचयात्मक कार्यक्रम गरिएको छ । बाँके युनेस्को क्लब, सामाजिक विकास मञ्च, चेन्ज टिम र असहाय सेवा संघले संयुक्त रुपमा बुधबार आयोजना गरेको परिचयात्मक कार्यक्रममा सन् २०१७ सालमा सेभ द चिल्ड्रेनको सहयोगमा गरिने विभिन्न कार्यक्रमका बारेमा सरोकारवालालाई जानकारी गराइयोे ।

kicout-1

विभिन्न सरकारी निकायका प्रमुख, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, वडा बाल संरक्षण समितिका पदाधिकारी, बाल क्लबका पदाधिकारी, साझेदार संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, सामाजिक विकास मञ्चका शिवानी भट्टराई, चेन्ज टिमका इन्द्राकुमारी जिसी र असहाय सेवा संघका रविन्द्रसिंह राठौरले संस्थाको सामान्य परिचयसहित २०१७ सालमा गरिने कार्यक्रमबारे जानकारी गराएका थिए ।

Womui
Womui