नेपालगन्ज उपमहानगरका दुई वडा खुला दिसामुक्त

132

नेपालगन्ज, पुस २७-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ र १३ लाई बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ । दुबै वडालाई बुधबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो । यी दुई वटा वडा खुल्ला दिसामुक्त घोषणासँगै उपमहानगरपालिका क्षेत्रमा १३ वटा वडा खुल्ला दिसामुक्त भएका छन् । अझै १५ वटा वडा घोषणा हुन बाँकी रहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ । वडा नम्वर १२ मा ८ सय २० र वडा नम्वर १३ मा १ हजार ३ सय ७९ घरघुरी रहेकोमा सबै घरमा शौचालय निर्माण भएपछि वडा नागरिक मञ्चको सिफारिसमा उपमहानगरपालिकाले खुला दिसामुक्त वडा घोषणा गरेको हो । प्रमुख सरोकारवाला निकाय, वडा नागरिक मञ्चका पदाधिकारी, स्थानीयबासीको सहभागीमा १३ बुँदे लिखित प्रतिवद्धता समेत गरिएको छ ।

खुला दिसामुक्त घोषणा कार्यक्रममा उपस्थित अतिथी ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा उपस्थित अतिथी ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले प्रस्तुत गरेको प्रतिवद्धता पत्रमा अबदेखि दुवै वडामा खुला दिसा नगर्ने, नियमित फोहर व्यवस्थापन गरि सरसफाई राख्ने, खुला स्थानमा दिसा गरेको, सेफ्टी टं्याकी नालामा जोडेको पाइएमा पहिलो पटक ५ सय, दोस्रो पटक एक हजार र अटेर गरेको पाइएमा ५ हजार र थप कानूनी कारवाही गरिने लगायत उल्लेख गरिएको छ । सो अवसरमा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले नगर क्षेत्रमा देखिएको खुला दिसामुक्त चुनौतीले समग्र जिल्लाको विकासलाई प्रभाव पारिरहेको भन्दै तत्काल नगर खुला दिसामुक्त गर्न सशक्त र प्रभाकारी अभियान बढाइनुपर्ने आवश्यक्ता औल्याए । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञावालीले खुला दिसामुक्तका लागि सबैको साथ र सहयोगको आग्रह गरे ।

Womui
Womui