फिल्म फेस्टिभलमा उत्साहपुर्ण सहभागीता हुने

75

नेपालगन्ज, पुस २७-
इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको तयारी सुरु गरिएको छ । आउँदो माघ ८ गतेदेखि नेपालगन्जमा फेस्टिभल आयोजना गरिदैछ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा र बागेश्वरी असल शासन क्लब (बास) को सह–आयोजनामा हुन लागेको फेस्टिभलको तयारी सुरु गरिएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नेपालगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलन ।
नेपालगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलन ।

फिल्म फेस्टिभलमा कालो पोथी, हरिबहादुर, हेलिकोप्टर रेस्क्युअर इन हिमालय, छाँया, पुण्टेको पाङ्ग्रा, म खुशी छु, मेला, घुसको लोग्ने, वियोण्ड द ह्वाइट केन, लगायतका फिल्म र डकुमेन्ट्री समावेश गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । फेस्टिभलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने उनले बताए ।

‘फेस्टिभलको आयोजनाले यस क्षेत्रको इश्यु समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ,’ शाहले भने ‘फेस्टिभलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताका लागी कोशेढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ समृद्ध मध्यपश्चिम र सुन्दर सुदुरपश्चिमको नारालाई सघाउनु पनि फेस्टिभलको उद्देश्य भएको शाहले प्रष्ट्याए । फेस्टिभलमा गाउँदेखि शहर क्षेत्रका सर्वसाधारणको उत्साहपुर्ण सहभागिता हुने आयोजकको विश्वास छ ।

Womui
Womui