अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउन जोड

94

arniko-suppliers-copy

नेपालगन्ज, पुस २७-
प्रहरीको अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउन जोड दिइएको छ । भेरी अञ्चलका जिल्ला प्रहरी प्रमुख, अनुसन्धान प्रमुख तथा अधिकृतको भेलामा यसक्षेत्रका प्रहरीका उच्च अधिकारीले जोड दिएका हुन् । भेलाले अपराध अनुसन्धानका विषयमा विभिन्न निर्णय समेत गरेको छ ।

भेलालाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै डिआईजी माधव नेपाल ।
भेलालाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै डिआईजी माधव नेपाल ।

भेरी अञ्चल प्रहरी कार्यालय नेपालगन्जले बुधबार गरेको अपराध नियन्त्रण तथा अनुसन्धान विषयक तेस्रो कार्य समिक्षा भेलाले अपराध रोकथामको लागी प्रभावकारी सूचनामुलक र प्रमाणमुखी अनुसन्धान गर्ने, प्रहरी अनुसन्धान डायरीलाई निरन्तर रुपमा भरपुर प्रयोग निरन्तर रुपमा गर्ने र कागजी काम कारवाही तुलनात्मक रुपमा बढाउँदै लग्ने र देखिएका कमी, कमजोरीमा सुधार गर्ने निर्णय गरेको छ । साथै उक्त भेलाले अपराध अनुसन्धानमा वैज्ञानिक उपकरणलाई सक्दो प्रयोग गरी तथ्यांकमा आधारित अनुसन्धान गर्ने, अनुसन्धान सहायकको क्षमता अभिवृद्दि गरेर उनीहरुलाई जिम्मेवार बनाउँदै लग्ने, उत्कृष्ट अनुसन्धान क्षेत्रमा काम गर्ने अनुसन्धानकर्मीलाई उत्साहित र उत्प्रेरित गर्न पुरस्कार र दण्ड सजाय गर्ने लगायत निर्णय पनि गरेको छ ।

policd

भेलालाई सम्वोधन गर्दै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) माधव नेपालले यसक्षेत्रको शान्ति सुरक्षामा क्रमिक रुपले सुधार आएको दाबी गरे । डिआईजी नेपालले भने, ‘अपराधीहरु धमाधम पक्राउ परिरहेका छन्, उनीहरु आफुसँग भएका हात–हतियार फ्याँक्दै हिडेका छन् ।’ प्रहरीले हतारमा अनुसन्धान गर्दा परिणाम अनुकुल हुन नसक्ने बताए । घटनाको अनुसन्धान गर्दा सरकारी वकिल, पीडित पक्षसँग भेटघाट र सल्लाह गर्न अनुसन्धान प्रमुखलाई डिआईजी नेपालले निर्देशन दिए ।

भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख (एसएसपी) धिरु बस्न्यातले अपराध अनुसन्धान र अभियोजन कार्य मुख्य र चुनौतीपुर्ण कार्य रहेको औल्याए । अपराध अनुसन्धान कार्य–योजना २०७२/७३ को तर्जुमा भएर अनुसन्धानमा विशिष्टिकरण प्रणाली प्रहरीले लागु गरिसकेको उनले बताए । भेलामा अपराध अनुसन्धान गर्ने अञ्चल प्रहरी कार्यालय भेरी सहित मातहतका पाँच वटै जिल्लाका प्रहरी प्रमुख, अनुसन्धान प्रमुख र अधिकृत सहभागी भएका थिए ।

Womui
Womui