पुननिर्माण प्राधिकरणको सिइओमा पोखरेल नियुक्त

169

काठमाडौं, पुस २७-
सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ । सरकारले यसअघिका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भने बर्खास्त गरेको छ ।

dr-govinda-pokhrel

उनको कार्यशैलीप्रति असन्तुष्ट सरकारले ज्ञवालीलाई दुई पटक स्पष्टिकरण सोधेको थियो । ज्ञवालीको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बुधबार बसेको मन्त्रिपरिषदबैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत पोखरेल भूकम्पपछिको पुनःनिर्माणमा सशक्त काम गरेका एकजना मुख्य योजनाविद् हुन् । भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन, पुनःनिर्माण प्राधिकरणमा मुख्य जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका थिए ।

Womui
Womui