सन्तोषमाथी खुकुरी हान्ने लक्ष्मण सार्वजनिक

255

नेपालगन्ज, पुस २६-
युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी(गोरे) माथी खुकुरी प्रहारमा संलग्न भएको भनिएका मुख्य आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा मंगलबार मुख्य आरोपी बाजुरा रुगिन–१ घर भइ कोहलपुर १० बस्ने लक्ष्मण मल्ललाई खुकुरी सहित सार्वजनिक गरिएको हो । यही पुस १४ गते राती सवा १० बजे मल्लले बुढाथोकीमाथी खुकुरी प्रहार गरेको प्रहरीको आरोप छ ।

laxman-malla

प्रहरीले घटनामा प्रयोग भएको खुकुरी सहित मोटरसाइकल र कार पनि सार्वजनिक गरेको छ । उक्त घटनाको अनुसन्धानका लागी अन्य १० जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

khukuri

Womui
Womui