संसदमा संशोधन प्रस्ताव पेश गर्ने सरकारको तयारी

27

काठमाडौं, पुस २३-
सरकारले भोली बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने भएको छ । उक्त विषयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल भएको छ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरेका छन् ।

Prachand- Ser Bdr

टेलिफोन वार्तामा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने बताएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए । शनिबार नै तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अनौपचारिक छलफल गरेका छन् ।

Womui
Womui