आयोगको सिफारिसमा तमलोपाले आपत्ति जनायो

62

arniko-suppliers-copy

काठमाडौं, पुस २३-
स्थानीय तह पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन अनुसारका स्थानीय तहको संरचनाप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले असहमति जनाएको छ । स्थानीय तहको सीमांकन गर्ने, विशेष र संरक्षित तथा स्वायत्त क्षेत्रहरुको सीमांकन गर्ने कार्य प्रदेशको क्षेत्राधिकारभित्र पर्ने र आयोगले गरेको संरचनामा जनसंख्याको आधारलाई समेत बेवास्ता गरेको आरोप लगाउँदै आयोगको संरचनाप्रति आफूहरुलाई मान्य नभएको जनाएको हो ।

mahanta-thakur

तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेयश त्रिपाठीले शनिबार एक विज्ञप्ती जारी गरी आयोगले गरेको स्थानीय तहको संरचना राज्य पुनर्संरचनाको मुल अवधारणा विपरीत रहेको दाबी गरेका छन् । स्थानीय तह पुनसंरचना आयोग ७ सय १९ स्थानीय तह बनाउन सिफारिस सहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । जस अनुसार ६ हजार ५ सय ५३ वडा, ४ सय ६२ गाउँपालिका, २ सय ४१ नगरपालिका, १२ उपमहानगरपालीका र ४ नगरपालिका बनाउन सिफारिस गरिएको छ ।

Womui
Womui