आठौं राष्ट्रिय खेलकुदको तात्दै माहोल

43

नेपालगन्ज, पुस २३-
आगामी दुई वर्षभित्र मध्यपश्चिममा हुन लागेको आठौं राष्ट्रिय खेलकुदलाई भव्य र सभ्य बनाउन आवश्यक गृहकार्य सुरु गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले यसक्षेत्रका विभिन्न सरोकारवालासँग प्रतियोगिताका विषयमा छलफल थालेको हो । प्रतियोगिता सञ्चालनका लागी व्यवस्थापनको काम महत्वपुर्ण विषय भएकाले यसतर्फ विभिन्न सरोकारवालासँग सुझाव र परामर्श लिन सुरु गरिएको क्षेत्रीय अध्यक्ष भिम ओलीले बताए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्र्दभमा बोल्दै क्षेत्रीय अध्यक्ष भिम ओली ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्र्दभमा बोल्दै क्षेत्रीय अध्यक्ष भिम ओली ।

बाँकेका राजनीतिक दल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधी तथा सञ्चारकर्मीसँगको छलफलमा शुक्रबार उनले सरकारले आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने जिम्मा दिइसकेकाले अहिले देखि नै तयारीको काम थालिएको बताए । ‘आठौं राष्ट्रिय खेलकुदका विषयमा हामी अब निरन्तर रुपले हरेक पक्षसँग छलफलमा बस्नेछौं,’ अध्यक्ष ओलीले भने ‘प्रत्येक टोल–टोलमा प्रतियोगिताको प्रचार–प्रसार पनि गर्नेछौं ।’ उक्त प्रतियोगिताका लागी कतिपय पुर्वाधार तयारी अवस्था रहेको र केही पुर्वाधार निर्माण र पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख जयन्तकुमार शर्माले सातौं राष्ट्रिय खेलकुदमा भएका कमी, कमजोरीलाई आठौं प्रतियोगितामा दोहोरिन नदिने प्रतिवद्धता जनाए । छलफलमा राप्रपा बाँकेका अध्यक्ष ऋषिराज देवकोटाले आठौं प्रतियोगिता भव्य र सभ्य रुपले सम्पन्न गर्न राजनीतिक दलको पुर्ण रुपमा साथ रहने प्रतिवद्धता जनाए । ‘बाँकेका हामी सबै राजनीतिक दल एकजुट भएर लाग्नेछौं,’ उनले भने ।

Womui
Womui