बैंकहरु शहरमुखी मात्रै किन हुन्छन् ?

58

arniko-suppliers-copy

नेपालगन्ज, पुस २२-
बैंक तथा वित्तीय संस्थाहरु शहरीमुखी हुँदा ग्रामिण क्षेत्रका सर्वसाधारणहरु सेवा, सुविधाबाट भइरहेको गुनासो गरिएको छ । नेपाल राष्ट्र बैंक नेपालगन्जले शुक्रबार आर्थिक गतिविधी सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाले यस्तो गुनासो गरेका हुन् । सरकारको नियमनकारी निकाय राष्ट्र बैंकले यसतर्फ कडाई नगर्दा बैंक तथा वित्तीय संस्थाहरु मनपरी ढंगले चलिरहेको उनीहरुको आरोप छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बैंक तथा वित्तीय संस्था सबै एकै ठाउँमा केन्द्रित हुने गरेको बताए । ‘सबै बैंक नेपालगन्जमा मात्र थुप्रिए, ग्रामिण क्षेत्रमा बैंकको उपस्थिती शुन्य छ,’ उनले भने ‘बैंकहरुलाई ग्रामिण क्षेत्रमा पु¥याउन राष्ट्र बंैंकले पहल गर्नुप¥यो ।’

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले राष्ट्र बैंकको नीति अनुसार धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु नचलेको बताए । ‘राष्ट्र बैंकसँग स्वीकृत लिदा आफ्नो सेवा ग्रामिण क्षेत्र सम्म पु¥याउने कुरामा बैंक तथा वित्तीय संस्थाले प्रतिवद्धता जनाउँछन, तर त्यो कुरा कागजमा मात्र सिमित हुन्छ,’ उनले भने ‘गाउँमा प्रसस्त जमिन भएपनि एउटा किसानले बैंकबाट ऋण पाउँदैन ।’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले शान्ति सुरक्षा, सडक, यातायात, ग्राहकको संख्या जस्ता समस्याले गर्दा बैंक तथा वित्तीय संस्थाहरु गाउँ केन्द्रित हुन नसकेको बताए । ‘बैंक तथा वित्तीय संस्थालाई हामी जवरजस्ती धकेलेर पठाउन सक्दैनौं,’ उनले भने ।

Womui
Womui