मध्यपश्चिममा चौथो रचना वाचन

80

arniko-suppliers-copy

नेपालगन्ज, पुस २२-
सहयात्रा समुहले मध्यपश्चिम बहुमुखी क्याम्पसमा शुक्रबार चौथो रचना वाचन श्रृखला सम्पन्न गरेको छ । कार्यक्रममा विशेष गजलकार अनुपमा करारा र गोल्डेन उद्भाषका रचना प्रस्तुत गरियो । त्यस्तै मध्यपश्चिम बहुमुखी क्याम्पस र सहयात्रा समुहको संयुक्त आयोजनामा गरिएको गजल प्रतियोगितामा शिद्धराज खनाल प्रथम, राम सोनाम द्धितिय र बिराट न्यौपाने तृर्तिय भएका छन् ।

rachana-bachan

प्रतियोगितामा बिद्यालयमा अध्ययनरत १० जना बिद्यार्थीको सहभागिता रहेको थियो । कथाकार सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख रबि सापकोटा, गजलकार खगेन्द्र गिरी कोपिला, अमृत ढकाल निर्जन, कल्पना खरेल लगायतको सहभागिता रहेको सहयात्रा समुहका हरिप्रकाश भण्डारीले जानकारी दिए ।

Womui
Womui