प्रतिवन्धित भारतीय चल्ला बरामद

119

नेपालगन्ज, पुस २२-
बाँकेको शम्शेरगन्ज–७ बाट शुक्रबार २ हजार बढी प्रतिवन्धित भारतीय कुखुराका चल्ला बरामद गरिएको छ । स्थानीय सौजात खाँ र तारबाबु मनिहारले पालिरहेको चल्लालाइ बरामद गरिएको हो । बरामद गरिएको २ लाख मुल्य बराबरका २ हजार एक सय ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको पशु क्वारेन्टाइन नेपालगन्जका प्रमुख शंकर पाण्डेले जानकारी दिए ।

बरामद गरिएका प्रतिवन्धित भारतीय कुखुराका चल्ला ।
बरामद गरिएका प्रतिवन्धित भारतीय कुखुराका चल्ला ।

उनीहरुले पहिले देखि नै खोर भाँडामा लिएर अवैध रुपमा चल्ला पाल्दै आएको अनुसन्धानबाट खुलेको छ । ‘भारतबाट अवैध रुपमा चल्ला ल्याउने र शम्शेरगन्जमा खोर भाँडामा लिएर पाल्ने गरेको पाइयो,’ पाण्डेले भने । उनीहरुबाट प्रतिव्यक्ति पाँच हजारका दरले १० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । कुखुरा पाल्नका लागि बनाइएको खोर पनि कतै दर्ता नभएको पाण्डेले बताए ।

 

Womui
Womui