ठुलो परिमाणको अवैध काठ बरामद

153

arniko-suppliers-copy

नेपालगन्ज, पुस २०-
ठुलो परिमाणको सालको काठ प्रहरीले बरामद गरेको छ । नेपालगन्ज–२७ गंगापुरैयाबाट वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले बुधबार बिहान उक्त काठ बरामद गरेको हो । काठ तस्करी गरेर लुकाई राखेको भन्ने सुचना पाएपछि बिहान ३ बजेतिर पुगेको प्रहरी टोलीले स्थानीय बृजलाल लोनिया र रामप्रित लोनियाको घरमा छापा मारेर काठ बरामद गरेको थियो । वडा प्रहरी कार्यालयका इन्चार्ज एवम् प्रहरी निरिक्षक राजेन्द्र गौतमका अनुसार बृजलालको घरबाट ९३ थान सालको चिरान कडी, ३ थान गोलिया तथा रामप्रितको घरबाट ४० थान कडी र दर्जनौं झ्यालका फ्रेम बरामद गरियो ।

 वडा प्रहरी कार्यालय नेपालगन्जले बरामद गरेको चिरान काठ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले बरामद गरेको चिरान काठ ।

तस्करीको आरोपमा प्रहरीले रामप्रितलाई पक्राउ गरेको छ, भने बृजलाल र जब्बर भन्ने व्यक्ति फरार रहेको प्रहरी निरिक्षक गौतमले बताए । यसअघि मंगलबार पनि नेपालगन्ज–१७ बुलबुलियास्थित खाँ सःमिलमा विक्री गर्न ल्याएको ठुलो परिमाणको काठ बरामद गरिएको थियो । सो काठ पनि जिल्लाको सिमावर्ती गाविस हिरमिनियाबाट तस्करले ल्याएको खुलेको छ । अवैध काठ ओसार्ने कार्यमा प्रत्यक्ष संलग्न हिरमिनिया–७ का १९ बर्षिय शनि शेख, मिलका म्यानेजर माताप्रसाद गोरिया र चौकीदार ६० बर्षिया बराती गोडिया पक्राउ परेपनि २० बर्षिय वकिल बेहना, सोही ठाउँका वर्षाती बेहना, लेङ्गड बेहना, टक्कल बेहना, छोड्के बेहना, पप्लिङ्ग बेहना र कन्छेद बेहना फरार छन् ।

baramad-kath-2

तस्करको साथबाट प्रहरीले सालको चिरान कडी ८ थान, विभिन्न साईजको गोलिया २ थान, भारतीय नम्वर युपी ४० एफ ११४७, युपी ४३ जे ९९९७ र युपी ४० के ७८७२ नम्वरको पल्सर मोटरसाईकल बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुले नेपालगन्ज–१७ बुलबुलियामा सञ्चालित काठ व्यवसायी दिलिप खड्काको डि.के फर्निचर र सत्तार खाँको खान सःमिलमा दुई नम्वरी काठ बिक्री गर्दै आएका थिए । पछिल्लो समयमा सिमावर्ती क्षेत्रबाट काठ तस्करी हुने क्रम बढेको छ ।

Womui
Womui