राप्रपाको आमसभा नेपालगन्जमा

34

arniko-suppliers-copy

नेपालगन्ज, पुस २०-
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले नेपालगन्जमा क्षेत्रीय स्तरको आमसभा गरिरहेको छ । स्थानीय त्रिभुवन चोकमा केहीबेर अगाडी आमसभा उद्घाटन गरिएको छ ।

kamalthapa-and-pashupati

आमसभामा राप्रपाका अधिकांस केन्द्रिय नेता सहभागी छन् । सभालाई पार्टीका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति सम्शेर राणा, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री डा. धवल सम्शेर राणा, नेता दीपक बोहरा, विक्रम पाण्डे, प्रतिभा राणा, प्रेमबहादुर भण्डारी, फत्तेसिंह थारु, नायिका रेखा थापा, गायिका कोमल ओली लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । आमसभामा करिव ५० हजार जनतालाई सहभागी गराउने आयोजकले दाबी गरेको छ । राप्रपाले एकिकरणपछि प्रत्येक विकास क्षेत्रमा कार्यकर्ता माझ एकताको सन्देश दिने उद्देश्यले आमसभा आयोजना गरेको महामन्त्री राणाले बताए ।

Womui
Womui