तीन दलको बैठक निष्कर्ष विहिन

35

arniko-suppliers-copy

काठमाडौं, पुस १८-
संसदको जारी गतिरोध अन्त्य, स्थानीय निर्वाचनको मिति घोषणा तथा समसामयिक विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहे । उक्त बैठकमा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको थियो ।

pm-meeting

एमालेले संशोधन प्रस्ताव फिर्ता लिए अहिले देखिएको गतिरोध अन्त्य हुने जनाएको थियो । बैठकपछि एमाले अध्यक्ष केपी ओली आफूहरुले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘हामीले संशोधन प्रस्ताव फिर्ता दिन आग्रह गर्यौ, तर सरकारी पक्षले कुनै जवाफ पनि दिएनन ।’ सरकारले जबर्जस्ती गरे त्यँही निर्णय हुने उनले बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले कुनै विषयमा ठोस सहमति नभएको बताए । उनले कुनै विषयमा सहमति नभएपनि सहमतिकालागि निरन्तर संवाद गर्दै जाने सहमति भएको बताए ।

Womui
Womui