खुकुरी प्रहार गर्ने व्यक्ती एमालेकै कार्यकर्ता भएको पुष्टी

159

नेपालगन्ज, पुस १७-
युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथि खुकुरी प्रहार गर्ने व्यक्ति युवा संघकै कार्यकर्ता रहेको खुल्न आएको छ । कोहलपुरस्थित वेलकम कटेजमा खानपिन गरेर घर फर्कने क्रममा बिहीबार बेलुका कोहलपुरकै लक्ष्मण मल्लले बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए । प्रायः युवा संघका सबै गतिविधीमा बुढाथोकीसँगै देखिँदै आएका लक्ष्मण एमालेका सक्रिय कार्यकर्ता हुन् । यसअघि प्रशासनले लक्ष्मण कुनै पार्टीमा संलग्न नरहेको बताएको थियो ।

सन्तोष बुढाथोकी
सन्तोष बुढाथोकी

आरोपी मल्ल बुढाथोकीका विश्वासपात्र भनेर चिनिएका थिए । विगत केही समययता मल्ल र बुढाथोकी जहाँ जाँदा पनि सँगै हुन्थे । लक्ष्मणले कुनै रिसिबी साँध्न बूढाथोकीको हत्या प्रयास गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुरेशप्रसाद काफ्ले बताउँछन् । बाजुरा स्थायी घर भई कोहलपुर बस्दै आएका मल्ल केही समययता सन्तोषकै छत्रछायाँमा रहँदै आएको प्रहरीले जनाएको छ । युवा संघ बाँकेले आईतबार केन्द्रिय सदस्य बुढाथोकीमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझायो । प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थलाई ज्ञापन पत्र बुझाएको हो ।

यसैबीच बुढाथोकीमाथी भएको ‘कायरता पुर्ण’ सांघातिक आक्रमणको नेपाल तरुण दल बाँकेले घोर भत्र्सना गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको छ । तरुण दलका सभापति बीरेन्दबहादुर शाहले एक विज्ञप्ती प्रकाशित गरी घटनाको न्यायिक र निश्पक्ष छानविन गरी दोषी उपर कारबाही गर्न माग गरेका छन् । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल लगायत स्वयं घाईतेको भनाई अनुसार आक्रमण गर्ने व्यक्ति लक्ष्मण मल्ल रहेको र मल्ल युवा संघका कार्यकर्ता भएको कुरा सर्वविदितै भएपनि ईप्रका कोहलपुरका डिएसपी सुरेश काफ्लेले घटना अनुसन्धानका लागी तरुण दलका क्षेत्रीय सभापति दिगविजय जंग राणा, तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का, तरुण दल कोहलपुर नगर कार्यबाहक सभापति अर्जुन जंग शाहलाई मानसिक तनाव, अपमान गर्ने काम गरेको भन्दै विज्ञप्ती मार्फत घोर भत्र्सना गरिएको जिल्ला सचिव बिनोद रिजालले जानकारी दिए ।

Womui
Womui